माओवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं,नेकपा (माओवादी)केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ।पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बैठक बस्न लागेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने भएका छन्।उनले सदनमा विश्वासको साथै पार्टीको अवस्था पनि परीक्षण गर्न लागेको नेताहरूले बताएका छन्।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मत नपुग्दा अविश्वासको प्रस्ताव अघि बढाउन सकेको छैन।