गर्भमा रहेको बच्चा र आमा कोरोनाबाट कसरी बच्ने

काठमाडौं,नेपालमा पनि कोरोनाको जोखिम उच्च रहेको देखिएकाले जनमानसमा त्रास बढेको छ । साथमा वृद्धवृद्धा, सानो बालबालिका, दिर्घ रोगीसंगै हरेक गर्भवती महिलालाई चिन्ताको विषय बनेको छ।आज हाम्री गर्भवती महिलाहरुले स्वयंको तथा आफ्ना जन्मन लागेका शिशुहरुलाई कोरोना भाइरसबाट कसरी सुरक्षित राख्न सक्छन्।

कोरोनाका कारण नेपालसहित विश्वका अधिकांश देशहरु यतिबेला प्रभावित भएका छन्। कोरोना भाइरसको संक्रमणको क्रममा गर्भवती महिलाहरु पनि आफू र आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि चिन्तित छन् । गर्भवती महिलाहरुलाई कोरोना भाइरस संक्रमणको खतराबाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ।

आमाबाट बच्चामा कोरोना भाइरस सर्छ सर्दैन भन्नेबारे गहन अध्ययन भने भएको छैन । यद्यपि केही समयअघि बेलायतमा कोरोना पोजेटिभ भएको बच्चा जन्मिएको थियो ।गर्भवती अवस्था एकदमै संवेदनशील हुन्छ । योवेला महिलाको शारीरिक अवस्था कमजोर हुनुको साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने गर्छ । त्यसैले, विभिन्न रोगबाट चाँडै नै संक्रमण हुने सम्भावना बढी रहन्छ । यसर्थ गर्भवती महिलाले यस्तोवेला सजग रहनुपर्छ ।

कोरोना सर्नबाट गर्भवती महिलाले आफु र आफ्नो गर्भमा रहेको बच्चालाई कसरी जोगाउनेस्ः

– आँखा, मुख तथा नाकमा नछुने ।
–  अन्य मानिसको सम्पर्कबाट टाढै रहने।
– नियमित रुपले हात धुनुपर्छ। हातलाई २० सेकेण्डसम्म राम्ररी धुनुपर्छ ।
– खासगरी अनुहारमा हात लगाउनुभन्दा अघि हात अवश्य धुने ।
– जुनसुकै खानेकुरा खानुअघि हात धुने ।
– गर्भावस्थामा घरमा नै बस्नु अति नै अनिवार्य हुन्छ ।
– खासगरी भीडभाड भएको स्थानमा जानबाट जोगिने ।
– वरिपरि कसैले पनि हाछ्युा अथवा खोक्यो भने टिश्युको प्रयोग गर्ने ।
– तपाईंलाई हाछ्यूँ आयो भने त्यसै गर्नु र त्यसपछि हात धुनुपर्छ ।
– कोरोनाबाट संक्रमित व्यक्तिको सम्पर्कमा आउनु हुँदैन ।
– बस अथवा अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्नुहुँदैन ।
– मानिसहरुसँग दुरी बनाएर नै कुराकानी गर्नुपर्छ ।
– पोषणयुक्त डाइट लिनुपर्छ र आफ्नो इम्युन सिस्टमलाई राम्रो बनाइरहनुपर्छ ।
– यसबाहेक कुनैपनि प्रकारको रुघा, खोकी तथा ज्वरो आएको जस्तो अनुभव भयो भने तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ ।
– डब्ल्यूएचओका अनुसार गर्भवती महिलालाई उच्च रुघाखोकी लागेका, ज्वरो आएमा तथा स्वास फेर्न गाह्रो भएमा तत्कालै अस्पताल गएर परीक्षण गराउनुपर्ने हुन्छ ।
– गर्भवती महिलामा कोरोना भाइरसको लक्षण देखिएमा करिब २ हप्तासम्म ‘सेल्फ आइसोलेसन’मा बस्नसमेत सुझाइएको छ ।