लुम्बिनीमा मुख्यमंन्त्रीको साथ छोडेका दुई एमाले सांसद पुनः फर्किए

पोखरा,लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा फर्किएका छन्।

सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका कपिलबस्तु २ ख बाट निर्वाचित श्रीवास्तव र नवलपरासीपश्चिम १ ख बाट निर्वाचित शाहीले सोमबार एक संयुक्त विज्ञप्ति निकाल्दैं आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन्।

आइतबार मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएको एक घण्टामै उनीहरु माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका थिए । तर, सोमबार आफूहरु एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको उनीहरुले बताए।

‘आज पनि हामी संसदीय दलको बैठकमा गयौं तर हामीले निर्णयमा हस्ताक्षर गरेको छैन, हाम्रो हस्ताक्षर उपस्थितिका लागि मात्र हो। हाम्रो हस्ताक्षर जोडेर मुख्यमन्त्री भएकोमा आपत्ति हो,’ जारी संयुक्त विज्ञप्तीमा भनिएको छ।