कर्णाली प्रदेशः कोरोनाले मृत्यु हुनेको परिवारलाई एक लाख राहत

सुर्खेत,कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबाट कोरोनाको कारण मुत्यु भएका व्यक्तिको घरपरिवारलाई प्रति मृतक एक लाखका दरले रकम उपलब्ध गराउने भएको हो।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले वताईन।

‘कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक सबै तयारी गर्नमा कुनै कसर बाँकी राखेको छैन्,’ उनले भनिन्, ‘संक्रमणबाट बचाउने प्रयत्न गर्दागर्दै पनि प्रदेश भित्रका नागरिकहरुको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई राहत स्वरुप एक लाख रकम प्रदान गर्ने निर्णय गरिएको हो ।’