किन बिरामीलाई जमीनमा जिउँदै गाडिन्छ

एजेन्सी,कोलम्बियाको मोन्टेरियोको प्रान्तमा एक यस्तो शहर रहेको छ । जहाँ कुनै पनि बिरामी ठिक हुनको लागि मानिसलाई जमीनमा जिउँदै गाड्ने गरिन्छ।

भर्खरमात्र १८ वर्षकी एना बेलेस्ट्रोस नामकी एक युवती कलेजबाट घर आउने समयमा बिजुलीको चोटको सिकार भइन्। उनलाई तुरुन्त अस्पताल पु¥याइयो, तर धेरै दिन उपचार गर्दा पनि पिठको दुखाईमा कुनै सुधार आएन । दुखाई धेरै भएकोले एना ठिकसँग हिड्न र चल्न समेत सकेकी थिइनन् ।एनाको यस्तो हालत देखेर घर परिवार र छिमेकीले उपचारको अजीबको तरीका लगाए।

बिरामीलाई खाल्डोभित्र ३ घन्टासम्म राखेका थिए। यो प्रक्रिया हप्तामा ४ दिन गरिन्छ। एनाको अनुसार, डाक्टरहरुले मेडिकल चिकित्सा जाने पनि बिजुली चिकित्सा जान्दैनन् । खाल्डो भित्र उपचार गरेर उनलाई सुधार आएको हो।एनाको टाउको भन्दा माथि बाहिर देखाइएको थियो । उपचारको लागि यो तरिका अपनाउदा त्यहाँका मानिसहरुले बिजुलीको प्रभाव सकिने र बिरामी पहिलाको जसरी नै हिड्न र चल्न सक्ने विश्वास गरेका छन् ।