नेपालमा थप ५७२७ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख १७, शुक्रबार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौँ,नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना पुष्टि भएको छ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार १८७ पुगेको छ। मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा ९ सय २८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८१ हजार ९५ पुगेको मन्त्रालयले जनाएको छ। आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २८९ पुगेको छ ।