निषेधाज्ञामा कमेडी च्याम्पियन र द भ्वाइस अफ नेपाल नरोकिने

काठमाडौँ,टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन र द भ्वाइस अफ नेपाल निषेधाज्ञामा पनि प्रसारण हुने भएको छ। हाल कमेडी च्याम्पियनको छायांकन भइरहेको र भ्वाइस अफ नेपालको तीन हप्ताका लागि छायांकन सम्पन्न भइसकेको सो का निर्देशकहरुले जानकारी गराएका छन्।

केही दीन अघि कमेडी रियालिटीको प्रतिस्पर्धी श्रया सुबेदीलाई कोरोना सङ्क्रमण भएको थियो। उक्त समय रियालिटी शोका टिमहरूले सोलाई प्रसारणमा ल्याएका थिएनन् । कमेडी च्याम्पीएनका निर्देशक विशाल भँडारीको अनुसार “भौतिक दूरी र स्यानिटाइजर प्रयोग गरेर सो को छायांकन हुनेछ। भने, यस पटक विना दर्शक नै शोको छायांकन अघि बढ्ने छ।

यसैगरी गायन रियालिटी सो द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले सरकारले तोकेको समयसम्म मात्रै निषेधाज्ञा भयो भने त हामीलाई समस्या छैन। तर,निषेधाज्ञा लम्बिँदै गयो भने चाहिँ के हुन्छ अहिले नै भन्न नसक्ने बताएका छन्। हाल १२ औ एपिसोड प्रसारण भएको सो ब्याटल राउन्डमा पुगेको छ।भने,अहिले कमेडी च्याम्पिएन पनि १४ औ भाग प्रसारण भएर १५ औ भागको तयारीमा छ।