विप्लव नेकपाका नेता माइला लामा २० महिनापछी रिहाई

काठमाडौँ, नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा झन्डै दुई वर्षपछि रिहा भएका छन्। उनलाई बिहीबार सङ्खुवासभा अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो।उक्त पार्टीका केन्द्रीय केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका विशेष ब्युरो इन्चार्ज समेत रहेका लामालाई सरकारले २०७६ साल साउन ४ गते काठमाडौँको काँडाघारीबाट गिरफ्तार गरेको थियो।

गिरफ्तारीपछि उनलाई जाउलाखेल प्रहरी हिरासतमा राखेर बम बिस्पोटनको मुद्दा लागेका नेता लामालाई जाउलेखल हिरासतमा राखेर अनुसन्धान गरि पछि उनलाई नख्खू कारागार चलान गरेको थियो।नख्खुबाट रिहा भएलगत्तै नेता लामालाई पटक-पटक रुपमा बिभिन्न मुद्धा लगायर धरान लगायत विभिन्न जिल्लाका जेल र हिरासत हुदै सङ्खुवासभा लगिएको थियो।

गतबर्ष फागुन २१ गते सरकार र नेकपा बिचमा भएको बार्ता र सहमती अनुसार नेकपाका नेताहरूलाई जेल र हिरासतबाट मुक्त गरी झूट्टा मुद्दा खारेज गर्नुपर्ने भएपनी सरकारले सहमति कार्यान्वयन गर्न ढिलाई गरेपछि नेता लामा करिब २० महिना पछि २५ हजार धरौटी तिरेर कारागार मुक्त भएका हुन।

जनयुद्धका घाईते तथा हाल विप्लव नेतृत्वको नेकपाका प्रभावसाली केन्द्रीय नेता मध्यका एक लामा जनयुद्ध काल देखिका चर्चित जनवादी गितकाररसंगितकार समेत हुन । उनी अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष समेत हुन।