अभिनेत्री सुपुष्पाले गरिन् इन्गेजमेन्ट

काठमाडौं,पछिल्लो समय निकै चर्चा कमाएकी अभिनेत्री सुपुष्पा भट्टले इन्गेजमेन्ट गरेकी छिन् । उनले चलचित्र निर्माता रौनक विक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी हुन्।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले बैशााख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरे पनि आज इन्गेजमेन्ट गरेका हुन्। उनीहरुले यसै बर्ष विवाह गर्ने तयारी गरेको जनाइएको छ।सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा इन्गेजमेन्टको तस्बिर पोस्ट गर्दै अभिनेत्री सुपुष्पाले यो खबर सार्वजनिक गरेकी हुन् ।

निर्माता कँडेलले कबड्डी १ र झोले २ निर्माण गरेका थिए । सुपुष्पाले रणवीर छ माया छपक्कैु र चपली हाइट २ मा काम गरेकी थिइन् ।