गण्डकी प्रदेशमा ठूलो चलखेल भयोः रामचन्द्र पौडेल

काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन्।

कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्न माग गरेका हुन्।

स्वास्थ्य संस्थाहरुलाई समेत प्रयोग गरेर कीर्ते गरिएको भन्दै उनले भने, ‘सांसद ठूलो चलखेलमा परे, उनी एक मिनेट पनि सांसद रहनु हुन्‍न । राष्ट्रिय जनमोर्चाले कारबाही चलाउनुपर्छ।’