बागमतीका नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं,बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

नुवाकोटका सांसद केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सिन्धुपाल्च‍ोकका सांसद सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, दोलखाकी सांसद सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र धादिङका सांसद डा। रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसअघि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीबाट शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीबाट युवराज दुलालले राजीनामा दिएका थिए । यी तिनै मन्त्रालय मुख्यमन्त्री डोरमणि पौडेलले आफू मातहतमा राखेका थिए ।