कर्णालीका तीन मन्त्रीले फेरी लिए सपथ

सुर्खेत,फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका एमालेका तीनजना मन्त्रीले पुनः सपथ लिएका छन्।

एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कोलौनीले पुनः सपथ लिएका हुन्।

सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुखले नेकपा एमालेका चार जना सांसद कारबाही गरेको जानकारी गराएपछि उनीहरु सांसदबाट पदमुक्त भएका थिए।कर्णालीमा फ्लोर क्रस गरेर नेकपा एमाले माधव नेपाल समूहका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।