नेपाली गजलको सवैभन्दा ठूलो पुरस्कार राशि सल्यानमा

सल्यान,वन्गाड कुपिण्डे नगरपालिका १ सल्यानका एक दम्पतिले छोराको सम्झनामा ‘चेतन‘ गजल पुरस्कारको लागि अक्ष्यकोष स्थापना गरेका छन्।नेपाली भाषा,कला,साहित्यको उन्नयनका लागि बिगत केहि बर्ष अगाडि देखि जिल्लामा विभिन्न साहित्य गतिविधि हुँदै आएका छन्।

सल्यान कला साहित्य  परिषद्को वार्षिकोत्सबमा नेपाली गजलका लागि योगदान र लेखनमा क्रियाशिल एक जनालाई ‘चेतन‘ गजल पुरस्कार प्रत्येक बर्ष  प्रदान गरिने भएको छ।उक्त पुरस्कारको राशि ५६ हजार ६ सय ६६ रुपैयाँ रहेने परिषद्का संयोजक लोकेश जलनले वताए।

परिषद्का अध्यक्ष भरत रोकायले भने ‘साहित्य मनोरञ्जन मात्रै नभएर साहित्य जीवन दर्शन हो। साहित्य नबुझेकाले जीवन बुझेका हुँदैनन्।यो दम्पतिले साहित्य बुझेकै कारण जीवन बुझ्नु भएको छ।पवित्र मनले यो पुरस्कार अक्षयकोषको स्थापना सुरु गरेर हामीलाई थप जिम्मेवारी वनाई उर्जा थपिदिनु भएको छ।

परिषद्का संस्थापक संयोजक लोकेश जलनका अनुसार ‘यो नेपालमा पुरस्कृत गरिने नेपाली गजलको सबै भन्दा ठुलो राशिको गजल पुरस्कार  हो।यो पुरस्कार परिषदको आयोजनामा जेष्ठ दोस्रो हप्ता हुन लागेको सल्यान चौथो गजल महफिलमा सार्वजनिक गरिने योजना भएपनि कोभिडको कारण महफिल पछाडि धकलिएकिएपछि परिषद् पदाधिकारीहरुले विभिन्न माध्यमबाट आजै अनौपचारिक जानकारी गराएका थिए।परिषदका अनुसार ती दम्पतीको नाम आउदो मंसिरमा हुने वार्षिकोत्सबमा सार्वजनिक गरिने छ।’