मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने

पोखरा,गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ।मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव उपरको छलफल सकिएपछि आजै मतदान गर्ने गरी मतदानमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची रहेको छ । छलफल सुरु भैसकेको छ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए।प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमलाई साथ दिएको भन्दै जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन् । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छन्।

एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद जारी छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।