प्रतिपक्षको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत,प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ।

वैठकको सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन नसक्ने बताएका थिए।‘कोरोना महामारीले जनता लकडाउनमा छन्, कोठाभित्र थुनिएका छन्, यस्तो अवस्थामा संसद चलाउनुको औचित्य हुँदैन, सदन यही स्थगित गर्न हामी आग्रह गर्दछौं,’ प्रमुख सचेतक शाहले भनेका थिए।

एमालेका सांसदको अवरोधपछि सभामुख राजबहादुर शाहीले पटक–पटक बैठक सञ्चालनका लागि दलीय सहमतिका लागि आग्रह गरे । तर, सभामुखको आग्रह नमाने पछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।