माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।उनले आज बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनाको बारेमा छलफल हुने बताए।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गर्ने अधिकारबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भन्दै यसबारेमा छलफल नहुने बताए।आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसदको नियुक्तिको बारेमा पनि छलफल हुने जनाइएको छ।

ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश २ ले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वालाकुमारी साह र मोहम्मद समिरलाई चैत ३० गते पदमुक्त गर्न सिफारिस गरेको थियो।मंगलबारको बैठकले रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस गर्न लागेको हो।प्रत्यक्ष निर्वाचित सांसद पदमुक्त भएपछि रिक्त पदमा उपनिर्वाचन गराउनुपर्छ तर समानुपातिकको हकमा भने बन्द सूचीमा दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई चयन गरिने व्यवस्था छ।