होम आइसोलेसन बसेका मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

काठमाडौँ,वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना पोजेटिभ भए पछि होम आइसोलेसनमा बसेका थिए।

होम आइसोलेसनमा बसेका मदन कृष्णलाई छातीमा समस्या देखिएका कारण अस्पताल भर्ना गरिएको छ।उनलाई शुक्रवार ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। श्रेष्ठले संक्रमण पुष्टि भएपछि वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारका सदस्यहरू छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम आइसोलेसन बसेको जनकारी गराएका थिए।

कुनै पनि लक्षण नदेखिए पनि स्वास्थ्य प्रति सचेत रहने परीक्षण गर्दा सङ्क्रमण पोजेटिभ देखिएको थियो ।