मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत

काठमाडौं,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव प्रस्तुत गरेका हुन्।प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। सो प्रस्तावमा पोखरेललाई नयाँ मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ।

अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले हस्ताक्षर गरेका छन्।६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको मत आवश्यक पर्छ।