नेता किन भयो साथी ?

नेता किन भयो साथी ?

माप दण्ड पनि नचाहिने,
बिज्ञापनको फर्मपनि भर्न नपर्ने,
फुर्सदिलो भए पुग्ने,
आवश्यकता पूरा भएकै छ,
अहिले नेता भए,
जनताले मत दिए,
जनप्रतिनिधी हुने ।

जनताको करले तलब भत्ता,
बिकास बजेटमा हाली मुहाली,
बील भर्पाई मिलाउने कर्मचारी साथी,
कि सरुवा गरियो कि बढुवा,
संस्थामा आफै राखीयो,
अनि किन नहुने नेता साथी।

राहात र अनुदान पनि आफ्नैलाई,
स्थानीय कोटा नातेदारलाई,
अनि २/४ पैसा खर्च गर्न के डर भयो,
अलि अलि दान दक्षिणा दियो समाजसेवी,
टुटेफुटेको भाषण दियो,
जनता झुक्यायो,
अनि किन नहुने नेता साथी।

घरमा मिठो खाना पाएकै छु,
स्तर अनुसार गाडी घोडा पाएकै छु,
बेला मौका होटलमा चुस्की मिलेकै छ,
सबैले नमस्कार गरेकै छन्,
अनि नेता नभएर के हुनु त साथी।