दि भ्वाइस अफ नेपाल किड्सको डिजिटल अडिसन शुरु

काठमाडौ,चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल किड्स’ आउँने भएको छ।

यस शो को डिजिटल अडिसन समेत शुरु गरिएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३ का होस्ट सुशील नेपालले जानकारी दिएका छन्। छ वर्ष उमेर पुगेका बालबालिकादेखि १४ वर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउने बताउँदै उनले ‘भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसन शुरु भएको घोषणा गरेका हुन्।

यस शो को अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भरी अडिसन रजिस्ट्रार गर्नुपर्नेछ ।