वरिष्ट नेता नेपाल पक्षीय नेताको मुद्धा ‘हेर्न नभ्याइने’मा

काठमाडौ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको रिटमाथि आज सुनुवाई हुन सकेन।

आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएपनि मुद्धालाई हेर्न नभ्याइने सर्वोच्च अदालतले जनाएको छ।नेपाल पक्षका माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले बैशाख ९ गते अध्यक्ष केपी शर्मा ओलीविरुद्ध रिट दर्ता गरेका थिए।

उनीहरुले केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुन विपरित रहेको भन्दै सर्वोच्च रिट दायर गरेका थिए ।