अविश्वासको प्रस्तावमा माधव पक्षबाट ‘फ्लोर क्रस’बारे छलफल

काठमाडौं,प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षबाट फ्लोर क्रस हुने सम्भावनाबारे छलफल भएको छ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले अविश्वासको पार्टीबाटै फ्लोर क्रस हुनेबारे छलफल भएको बताए।‘प्रतिपक्षीबाट अविश्वासको प्रस्ताव आउनु सामान्य हो। तर, पार्टीभित्रबाटै कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस हुने सूचना आइरहेको छ। त्यसबारे आवश्यक छलफल भइरहेको छ’ उनले भने, ‘स्पष्टीकरण बुझाएका संसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको छ।

तर, बैठकले कारबाही सम्बन्धी कुनै निर्णय लिएको छैन।’सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्नेदेखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे गम्भीर रूपमा छलफल भइरहेको समेत प्रष्टाए। कर्णाली जस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेसमेत उनले बताए।