माधव नेपाल पक्षीय नेताको रिट इजलासमा

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको रिट सर्वोच्च अदालतको पेशीमा चढेको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेशी तोकिएको हो। उक्त मुद्दा ३०औ नम्वरमा पेशी रहेको छ। आइतबार यसको सुनुवाइको पेशी तोकिएपछि सुनुवाइ हुन भने मुस्किल देखिन्छ।

नेपाल पक्षका माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले बैशाख ९ गते रिट दर्ता गरेका थिए।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुन विपरित रहेको भन्दै सर्वोच्च रिट दायर गरेका थिए।