एमाले महाधिवेशन आयोजक कमिटी बैठक सुरु
प्रकासित मिति : २०७८ बैशाख १२, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौँ,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी कमिटीको बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजक कमिटीको बैठक सुरु भएको हो।
बैठकमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग गरेको भन्दै माधव नेपाल र झलनाथ खनाल पक्षका केही नेतालाई निलम्बन गर्ने तयारी भएको छ।

