कांग्रेसको पदाधिकारी‍ बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक बस्ने भएको छ।सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक तय गरेका हुन्।

बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायत पछिल्ला राजनीतिक घटनाका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेका रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि रिक्त पदमा जेठ ६ गतेका लागि उप-निर्वाचन तोकिएको छ। त्यसका लागि आफ्नो उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने छ ।