आईतबार देखि कोहलपुरमा एक हप्ताको लागी लकडाउन

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिकामा पनि एक हप्ता लकडाउन गरिने भएको छ ।कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आकस्मिक रुपमा शनिबार बसेको बैठकले स्थिति भयावह हुने आंकलनपछि आईतबार देखि लकडाउन गर्ने निर्णय गरेको हो ।

संक्रमणको दर बढ्न थालेपछि मानिसहरुको गतिविधि रोक्न लकडाउन गर्नु परेको कोहलपुर नगरपालिकाले जनाएको छ । कोरोनालाई समुदायस्तरमा फैलन नदिन लकडाउन गर्नुपरेको बताईएको छ ।

कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिकामा एक हप्ताकालागि लकडाउन लागु गरि सकिएको छ।