कालिकोटका गोगनले गरे जन्मदिनमा क्यान्सर पिडितलाई आर्थिक सहयोग

कालिकोट,कालिकोटका गोगन कुमार विश्वकर्माले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छन्। विगत लामो समय देखि क्यान्सर रोगले थलिएका कालिकोट पचालझरना गाउँपालिका-२ का भोटे तिरुवालाई उपचारको लागि केहि हदसम्म आर्थिक सहयोग होस र उपचारमा थप टेवा पुगोस भनेर आर्थिक सहयोग गरेका हुन्।

शनिवार सुर्खेतको वीरेन्द्रनगरमा २ हजार ७ सय २७ रुपैयाँको चेक पिडित तिरुवाका भतिज तथा आर्थिक सहयोग संकलक सर्जन कामीलाई हस्तान्तरण गर्दै आर्थिक सहयोग गरेका थिए।सहयोग हस्तान्तरण गर्दै विश्वकर्माले दुखि पिडितलाई सहयोग गर्न पाउदा निकै हर्सित भएको वताए। पिडित भोटे तिरुवाको लागि विभिन्न व्यक्तिहरुमा पुगेर स्वंयम आफुले नै आर्थिक सहयोग संकलन गर्दै आएको र अझै निरन्तर लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

क्यान्सर पिडित तिरुवाको लागि विभिन्न संघ संस्था तथा मनकारी सहयोगी व्यक्तिहरुले आर्थिक सहयोग गरिरहेको उनले वताए।सहयोगीदाता विश्वकर्माले विगत लामो समयदेखि दुखि गरिवहरुलाई आर्थिक सहयोग गर्दे आएका छन्।उनि एक कालिकोटका उदाउदा समाजसेवी हुन्।क्यान्सर पिडित तिरुवाको हाल क्यान्सर अस्पताल भक्तपुरमा उपचार भईरहेको छ। उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा थप संकट परिरहेको छ।