नेपालको अहिले सम्मकै ठूलो स्कोर

दुई कुशलको अर्धशतक

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्डलाई २३९ रनको चुनौती दिएको छ।शनिबार टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको हो।नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे।

उनको यो सिरिजमा चौथो अर्धशतक हो। कुशल मलले पनि अर्धशतक प्रहार गरे। उनले ५० रन जोडे। अर्का ओपनर आसिफ शेखले भने १६ रनमै आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए। दिपेन्द्रसिंह ऐरीले ४८ रन बनाए।नेदरल्याण्डका लागि फिलिपे बोइसरिनले दुई विकेट लिए।

सेबस्टियान ब्राटले एक विकेट लिए।टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो अहिलेसम्मकै ठूलो योगफल हो। नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो।