एमालेमा जिम्मेवारी विहीन खनाल-नेपाल पक्ष

काठमाडौँ,नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ।शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो।

अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् भने रामबहादुर थापा ‘बादल’ लाई वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको जिम्मेवारी दिइएको छ।

बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई भने कुनै पनि जिम्मेवारी दिएको छैन ।