सुर्खेतको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा

भौतिक पुर्वाधार विकासको ४ पटक ताकेता

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-१२ स्थित निर्माण भईरहेको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा अघि वढिरहेको छ।सम्झौता भएको करिव २२ महिना वितिसक्दा पनि पुल निर्माणको कामले तिर्वता लिन सकेको छैन। हाम्रो निर्माण सेवाले २ करोड ३७ लाख ५१ हजार ३ सय ९७ मा उक्त पुल निर्माणको जिम्मा लिएर काम थालनी गरेको थियो।

काम थालनी गरेको ५/६ महिना निरन्तर काम गरेपनि कामदारहरुलाई २०७६ सालको माघि पर्व मनाउने छुट्टी दिदैँ कम्पनिले निर्माण कार्य रोकेको थियो।केही महिना लकडाउनको कारण देखाउदै निर्माण कार्यलाई निरन्तरता दिएको थिएन । तर पछी लकडाउन विस्तारै हटेपनि कम्पनिले कामलाई संन्चालन गर्न सकेन। माघि पर्वमा रोकिएको पुल निर्माणको काम झण्डै १५ महिनापछी तिनजना कामदार ल्याएर हाल काम गरिरहेको छ। २०७७ अषाढ २० मा निर्माण सम्पन्न गर्नेगरि सम्झौता गरिएकोमा भौतिक पुर्वाधार विकास निर्देशनालय सुर्खेतले कोरोनाको कारण काममा परेको वाधालाई मध्यनजर गरेर ६ महिना म्याद थप गरेको थियो।

म्याद थप गरेपनि कामको गतिमा भने कुनै परिवर्तण आएन।वर्षातको समय नजिकिए संगै स्थानिय तर्सित वनिरहेका छन्। वाढिको चपेटामा परेका स्थानिय पुनः यो पुल निर्माण कायको लार्पवाहीका कारण सोही घटना दोहोरिन्छकी उनिहरुको चिन्ताको विषय रहेको छ।वीरेन्द्रनगर १२ का सुरेन्द्र सुवेदी भन्छन्।पुल निर्माणको काम चाडो नसके सयौँ घर वाढिका कारण विस्थापित हुनुपर्ने अवस्था आउछ।वीरेन्द्रनगर १२ का वडा सदस्यको पनि धारण सोही थियो।

कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने मंन्त्रीहरुले वीरेन्द्रनगर १२ लाई उपेक्षित ढंगले हेरेको वताए।आफु पटक पटक मन्त्रालय जादापनि मन्त्री भेट्न नपाएको गुनासो सुनाए।यसै विषयमा भौतिक पुर्वाधार विकास निर्देशनालयका ईन्जिनियर सुर्य वहादुर शाहीले भने पुल निर्माण जिम्मा पाएको कम्पनिलाई ४ पटक पत्र पठाएको तरपनि ध्यान नदिएका कारण यस्तो भएको वताए । कम्पनि संन्चालकलाई कार्यलयमा वोलाएर काम संन्चालनको लागि माइनट समेत गरेको जानकारी दिए।