एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

नेपाल पक्षमाथि थप कारबाही हुने

काठमाडौँ,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज वस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बैठक बस्न लागेको हो।

आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । आजको बैठकमा असन्तुष्ट खनाल नेपाल पक्षमाथि थप कारबाहीको निर्णय हुनसक्ने बताइएको छ । यसअघि बसेको बैठकले खनाल (नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन्।

उक्त स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गर्ने तयारी ऐएको हो।यस्तै, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उक्त भेटमा भएका कुराकानीको ओलीले आज बैठकमा ब्रिफिङ गर्ने पनि बताइएको छ।बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायत पछिल्ला राजनीतिक घटनाका विषयमा पनि छलफल हुनेछ ।