पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिष्ट पार्टी नयाँ उचाई र शान र गौरवका साथ अगाडि बढ्छ। यसको नेतृत्व र पहल एमालेले गर्नेछ,’ उनले भने।

यस्तै, प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको आरोप पनि लगाएका छन्।‘हामी जिम्मेवार र अनुशासित भएकोले हामीले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौँ।तर, यत्रो दुःखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुको आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण पार्टी पुनः विभाजित भयो।’