खनाल-नेपाल पक्षमाथि थप कारबाहीको तयारी

काठमाडौं, नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो ।बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद थप उग्र बनेको छ ।

वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ । ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका थिए ।