नेपालले मलेसियालाई सहजै हरायो

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल ६९ रनले विजयी भएको छ।बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रिएको मलेसिया २० ओभरमा पुरै विकेट गुमाएर १४८ रनमै समेटियो।

मलेसियाका लागि अम्मिनुदिन राम्लीले ४१ रनको योगदान गरे । सायद अजिजले ४, अनवार अर्दिनले ६, फाइज अहम्मदले ३१, भिरेनदिप सिंहले १३, सर्भिन मुनयन्डीले ३ रन जोडे। यस्तै, अन्नोल फाजिजले ११, फित्रि सामले १४, धिभेन्द्र मोर्गनले २, मुहमम्द वाफिकले १२ र अनवार रहमानले २ रन बनाए।नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरीले समान तीनरतीन विकेट लिए । सुशन भारीले एक विकेट लिए।

यसअघि नेपालका लागि करन केसीले सर्वाधिक ४५ रन बनाए । उनले लगातार तीन छक्का प्रहार गरेका थिए । ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । लगातार तीन खेलमा अर्धशतक हानेका अर्का ओपनर कुशल भुर्तेल भने १६ रनमै आउट भएका छन्।यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । विनोद भण्डारीले ८ र कुशल मल्लले १९ र सोमपाल कामीले २ रन बनाए।

मलेसियाका लागि फित्रि साम, अनवार रहमान र सायद अजिजले समान दुईरदुई विकेट लिए । यस्तै, मुहमम्द वाफिकले एक विकेट लिए।टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा नेदरल्याण्डविरुद्ध २ सय ६ रन बनाएको थियो। नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।