सर्वोच्चमा नेपाल पक्षद्वारा प्रधानमन्त्रीदेखि सभामुखविरुद्ध रिट दर्ता

काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको छ।

बैशाख १० गते नेकपा एमालेको केन्द्रीय कमिटीले नेपालसहितका नेतालाई कारबाही गर्ने सूचना प्राप्त भएको भएपछि उनीहरुले त्यसलाई रोक्न रिट निवेदन दर्ता प्रक्रियामा गएका हुन् । केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन्।

नेकपाका नेता एवं सांसद माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख, संसद सचिवालयलाई विपक्षी बनाएर रिट दर्ता गरिएको छ।