ओली पक्षतिर लागे सांसद ध्रुव शाही

सुर्खेत,सुर्खेतबाट प्रतिनिधी सभामा निर्वाचित सांसद ध्रुव शाही माधव नेपाल समूह छोडेर प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेको बताएका छन्।पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिएको र अहिलेका गतिविधिले नेपाल फुटको बाटोमा लागेकाले संस्थापन पक्ष ओलीतिर लागेको शाहीले बताएका हुन्।

शाहीले भने म पार्टीको मुल नेतृत्वमा लागेँ,‘माधव नेपालले मलाई बोलाएर अर्को पार्टी बनाउनु पर्ने भयो अब तलसम्म यसको लागि लाग्नुपर्छ भनेपछि मैले उनको साथ छोडेको हो।’उनले एकतावद्ध एमालेले मात्रै देशको नेतृत्व गर्न सक्ने भएकाले फुट परस्त गतिविधिमा लाग्न नसकिने बताए। नेपाल पक्षधर २७ जना सांसदलाई ओलीले मंगलबार स्पष्टिकरण सोधेका थिए।

शाही स्पष्टिकरण सोधिएका सांसदको सूचीमा छैनन्।नेपाल पक्षमा रहँदै आएका ३५ सांसदमध्ये गोकर्ण विष्ट, राजबहादुर बुढा,गंगा चौधरी सत्गौवा,पार्वतीकुमारी विसुङखे,कलिला खातुन,समिना हुसेन र विना बुढाथोकीलाई ओलीले स्पष्टिकरण सोधेका थिएनन्।