स्पष्टीकरण सोधेपछि नेपाल पक्षको आकस्मिक बैठक जारी

काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको आकस्मिक बैठक बोलाएका छन्।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन्।

बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए ।