गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख १३ गते

काठमाडौं,गण्डकी प्रदेशले प्रदेश सभाको अधिवेशन आह्वान गरेको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरिदिएका थिए।

वैशाख १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको थियो।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध गत वैशाख २ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।