टी–ट्वान्टी क्रिकेटमा नेपालको शानदार जित

मलेसिया ९ विकेटले पराजित

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार जित हात पारेको छ।सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो।

जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपालले १२।१ ओभरमा १ विकेट गुमाउँदै ११३ रन बनायो।नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे। कुशलले ६१ रन प्रहार गरे। आसिफले ४२ रन बनाए। दिपेन्द्रसिंह ऐरीले ६ रन बनाए । मलेसियाका लागि भिरनदिपसिंहले एक विकेट लिए।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा १० विकेट गुमाउँदै १०९ रन बनाएको थियो।मलेसियाका लागि साद आजिजले २७ रन बनाए। अनवार अर्दिनले ८, अहमद फाइजले ३, भिरेनदिप सिंहले ६, शार्विन मुनियान्डीले २०,शाफिक शारिफले १५ रन जोडे। यस्तै,अमिनुद्दीन राम्लीले ५,खिजार हायातले ४,साजरुल उर्दिसुले ८,अनवार रहमानले १ र पवनदिप सिंहले शून्य रन बनाए।

नेपालका लागि करन केसीले सर्वाधिक तीन विकेट लिए। सन्दिप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एकरएक विकेट लिए।शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।