एमाले नेता नेपाल सहित फ्लोर क्रस गर्नेसंग स्पष्टिकरण सोध्ने

काठमाडौं,नेकपा एमालेले माधव नेपाल सहितका केन्द्रका चार निलम्बित नेता र कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित २० नेतालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।