कर्णालीमा कोरोनाको दोस्रो लहरः कुल परिक्षणको ६० प्रतिशत संक्रमित
सुर्खेत,कर्णाली प्रदेशमा पनि कारोनाको दोस्रो लहर फैलिदै गईरहेको छ। दैनिक परिक्षण गरिएका मध्ये ६० प्रतिशत व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको छ। सोमवार पत्रकारहरुसंग कुराकानि गर्दै कर्णाली प्रदेश श्वास्थ्य निर्देशनालय सुर्खेतका निमित निर्देशक डा.रविन खड्काले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा कारोनाको दोस्रो लहरले उग्ररुप लिईरहेको वताए।
दैनिक जसो भारत तथा तेस्रो मुलुकवाट कर्णाली प्रदेशमा २ हजार भन्दा वढिको संख्यामा मानिस भित्रिरहेका छन्। कोरोना नियन्त्रण तथा रोकथामको लागि विभिन्न प्रयासहरु भएको तर जनशक्ति अभाव भौवोलिक विगटताका कारण कठिन परिस्थिती सिर्जना भईरहेको जानकारी दिए। कोरोना नियन्त्रण तथा रोकथामका लागि दैलेख,कालिकोट,चौरजहारी र सल्यानमा कोभिड अस्पताल स्थापना भएका छन्।कोभिड अस्पताल स्थापना भएपनि अस्पताललाई चाहिने सामाग्री तथा जनशक्तिका कारण उपचार प्रक्रियामा अप्ठ्यारो भइरहेको वताए।
निर्देशक डा. खड्काले वताए अनुसार अहिले तत्कालको लागि कर्णालीका कुनैपनि जिल्लामा क्वारेन्टिन वनाउनुपर्ने निर्णय नभएको वताए। कोरोना महामारीलाई खेलाचिको रुपमा नलिएर श्वास्थ्य मंन्त्रालयवाट जारी भएका आचारसंहिता पालना गर्न अनुरोध समेत गरे। सवैभन्दा वढि भिडभाड शैक्षिक क्षेत्रमा हुने भएकाले शैक्षिक संस्थापनि वन्द गरिनुपर्ने वताएका छन्।
अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भित्रका जिल्लाहरु विगट भएकाले विरामीहरुलाई उपचार केन्द्रसम्म ल्याउन निकै कठिन भईरहेको छ।सो विषयमा प्रदेश सरकारले गम्भीर भएर सोच्न जरुरी देखिन्छ।