लुम्बिनीका प्रस्तावित मुख्यमन्त्रीसहित दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं,लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन्।

नेपाली कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन्।केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ।