पूर्व स्वास्थ्य मन्त्री सुवालको निधन

काठमाडौँ,समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ।९३ वर्षीय थापाको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए।पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए।

उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे।उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।दिवङ्गत सुवालको सोमबार टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।