बागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौं,बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।प्र

तिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठकअवरुद्ध गर्दै आएको छ।

प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् । सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन्।यसैगरी बागमती प्रदेशमा पछिल्लो समय दैनिक ३ सयभन्दा धेरैजना कोरोनाका नयाँ संक्रमितहरु थपिदै गएपछि सरकारलाई सतर्कताका उपाय अपनाउने तीव्र दबाव छ।