संसदको हिउँदे अधिवेशन आजैबाट अन्त्य हुँदै

काठमाडौँ,संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालू हिउँदे अधिवेशन आजै दिउँसो १ बजेदेखि अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । संसदले कुनै विजनेश अघि बढाउन नसकेको र सरकारको नीति तथा कार्यक्रम र बजेटको चटारोसमेत शुरु भइसकेकोले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद्‌ सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो। पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो ।