केहि दिनमै नयाँ केन्द्र सरकार वन्छः प्रचण्ड
प्रकासित मिति : २०७८ बैशाख ५, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा नै नयाँ सरकार बन्ने जनाएका छन्।
चितवनको माढीमा आइतबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्णाली प्रदेश सरकार जोगाएको उल्लेख गर्दै केन्द्र सरकारमा पनि केही दिनमा कायापलट हुने बताएका छन्।‘निरङ्कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं । केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुनैपर्छ, हुँदै छ । म यो विश्वास दिलाउन चाहन्छु ।’ प्रचण्डले भने।
उनले शान्तिपूर्ण जनमुक्ति सेना बनाउन युवालाई निर्देशनसमेत दिएका छन्।‘हाम्रो भरोसा युवाहरुमाथि नै बढी छ। म चाहन्छु, तपाईंहरु गर्जिनुस्। सु–संगठित हुनुस्, लाखौँको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस्। तर, त्यसोभन्दा मचाहिँ आराम गर्छु भन्नेमा छैन ।’ उनले भने ।

