सुर्खेतमा गजलको महासंग्राम

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा गजलको महासंग्राम भएको छ।शनिवार आयोजित विषेश रचना वाचन कार्यक्रममा कोहलपुरका गजलकार कपिल ‘अन्जान’,अछामका गजलकार कमल ‘संघर्ष’ र दैलेखका गजलकार महेश ‘के’ भट्टराईका तिनतिनओटा गरि तिन चरणमा वाह्रओटा गजल दर्सकहरुलाई सुनाउदै भरपुर मनोरन्जन दिलाएका थिए।

कार्यक्रमको सभापतित्व मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजका अध्यक्ष भरत धमलाले गरेका थिए।भने प्रमुख अथिती मध्यपश्चिम विश्वविद्यालयका उपकुलपती प्रा. डा. नन्द वहादुर सिंह र विषेश अथिती विश्वविद्यालयका पुर्व रजिष्टार डा.महेन्द्र कुमार मल्लकाे रहेकाे थियाे।तथा स्वागत मतव्य घनश्याम राना ऋतुले राखेका थिए। 

कार्यक्रममाअथितीको रुपमा डा.देवेन्द्र आचार्य,महेन्द्र चन्द ‘महासागर’,हेमप्रकाश ‘मञ्जिल’,देवकी तिमल्सिना,कृष्ण ‘विरही’,पहल ‘असिम’,खगेन्द्र अधिकारी’अमृत’,विष्णु महतारा,कृष्ण चपाई लगायतका साहित्यकारहरुको आतित्यता संगै २ सयभन्दा वढि दर्सकहरुको उपस्थिती रहेको थियो।र कार्यक्रमको संन्चालन भने भिम थापाले गरेका थिए।