डोल्पामा नेपाली सेनाद्धारा नेपाल-चीन सीमाना निरिक्षण

विभिन्न जनचेतना मुलक कार्यक्रम गरेर फर्कियो

डोल्पा,डोल्पाको श्री रामबाण गुल्म सुलिगार्डबाट नेपाली सेनाको टोली नेपाल-चीन सीमा पर्ने मरीम नाकासम्म पुगेको थियो। ब्यारेकबाट उपसेनानी दिपराज रावतको कमाण्डमा २०७७ चैत्र २ गते सीमाना तर्फ लागेको वताइएको छ।चैत्र २१ गतेसम्म उक्त टोलीले गुल्म सुलिगार्ड देखि मरिम नाका सम्म ठाउँ ठाउँमा पट्रोल गर्दै नाकासम्म पुगेको थियो।

डोल्पोबुद्द गाउँपालिकाको वडा नम्वर ६ मा पर्ने सिमेन गाउँस्थित मरिम नाकाको पीलर नम्वर १५ सम्म पुगेर सिमाको अवलोकन,निरीक्षण गरेर टोली शकुसल फर्किएको श्री रामवाण गुल्मका गुल्मपति सेनानी असोक कुमार क्षेत्रीले जानकारी दिए।पीलर नम्वर १५ नसरेर आफ्नो ठाउँमा सुरक्षीत रहेको सेनानी क्षेत्रीको भनाइ रहेको छ।

भ्रमणका क्रममा त्यस ठाउँका स्थानीय जनतालाइ सुरक्षाको प्रत्याभुति दिलाउँनुको साथै विभिन्न जनतेना मुलक कार्यक्रम र नेपाली सेनामा भर्ना प्रकृया सम्वन्धि कार्यक्रम सञ्चालन समेत गरिएको उपसेनानी दिपराज रावतले वताए।नेपाली सेनाले पछिल्लो समय बेला बेला उपल्लो डोल्पाका नाकाहरूमा गस्ति पठाउँने गरेको छ । सिमामा कुनै ब्यारेक भने छैनन् सदरमुकामबाट भ्रमण गर्ने गरिन्छ। जसका कारण सिमा रक्षामा टेवा पुगेको छ तर त्यहाँका सीमा रक्षा भने त्यहाँका जनताले वर्षौदेखि गर्दै आइरहेका छन्।