रामबहादुर थापा पुनः गृहमन्त्री

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई पुनः गृहमन्त्रीमा नियुक्त गरेकी छिन्।

राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुनः नियुक्त गरेकी हुन्।ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएको छ।

बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय छ ।