बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रचण्ड र नेपाल पक्षद्वारा बहिस्कार

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।शनिवार विहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक केहीसमय ढिला गरी सुरु भएको हो।

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि मुलुकमा पछिल्लो समय बढ्दो कोरोना भाइरसको महामारीको जोखिम र समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ।बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधिलगायत नेता सहभागी छन् ।

भने जनता समाजबादी पार्टी (जसपा)बाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधिकोसमेत सहभागी छ।बैठकलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बहिस्कार गरेका छन् । जसपाकै संघिय परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा सहभागी छैनन्।